Online Bichar
शुक्रबार, कार्तिक १४, २०८३ | Friday, October 30, 2026

काठमाडौं, १२ कार्तिक २०८३ । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा काठमाण्डू गोर्खाजको विकेट लिएको छ । खेलको दोस्रो ओभरमा जनकपुरले पहिलो विकेट लिएको हो ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालमा टस हारेर फिल्डिङमा आएको जनकपुरलाई राहुल यादवले सफलता दिलाएका हुन् । राहुलले १.१ ओभरमा पहिलो विकेट लिएका हुन् । उनले काठमाण्डूका ओपनर साम हेजलेटलाई मोइन अलीबाट क्याच गराएका हुन् ।

राहुलले यसअघि कार्तिक १० गते भएको टिमको पहिलो खेलमा पनि जनकपुरलाई दुई विकेट दिलाएका थिए । जनकपुर खेलमा पराजित भए पनि राहुलका लागि खेल महत्त्वपूर्ण थियो ।

 

तपाईको प्रतिक्रिया