Online Bichar
बुधबार, कार्तिक १२, २०८३ | Wednesday, October 28, 2026

बुटवल, ११ कार्तिक २०८३ । लुम्बिनी प्रदेशमा दसैँको घटस्थापनादेखि कात्तिक ९ गतेसम्म ३४८ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा ३६ जनाको मृत्यु भएको छ । १३६ जना घाइते भएका छन् ।

राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी कार्यालय लुम्बिनी, बुटवलका सूचना अधिकारी मोहनजंग बुढथापाका अनुसार दुर्घटनामा मृत्यु हुनेमा २८ पुरुष र आठ महिला छन् ।

सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएका छन् । बुढथापाका अनुसार उक्त अवधिमा मोटरसाइकलसम्बन्धी ३१६ वटा र जिप तथा कारसम्बन्धी ६६ वटा दुर्घटना भएका छन् ।

दसैँ, तिहारलगायत चाडपर्वमा यात्रुको आवागमन बढ्ने भएकाले दुर्घटनाको जोखिम पनि बढ्ने गरेको सूचना अधिकारी बुढथापाले बताए ।

विशेषगरी ग्रामीण क्षेत्रमा क्षमताभन्दा बढी यात्रु बोक्ने र जाँचका क्रममा यात्रु झारेर पुनः चढाउने प्रवृत्तिले पनि जोखिम बढाएको उनले बताए ।

तपाईको प्रतिक्रिया