Online Bichar
बुधबार, कार्तिक १२, २०८३ | Wednesday, October 28, 2026

काठमाडौँ, १० कार्तिक २०८३ । काठमाडौँको एक गेस्ट हाउसबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथरको फालेलुङ-५ का ४२ वर्षीय सुन्दर राई र ४२ वर्षीया रविना राई रहेका छन् ।

सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार काठमाडौँ महानगरपालिका-३२ स्थित विश्राम गेस्ट हाउसबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

गए राति सशस्त्र प्रहरीको टोलीले उनीहरूको साथबाट १ सय २० ग्राम ब्राउन सुगर सहित उनीहरूलाई नियन्त्रणमा लिएको उनले बताए । उनका अनुसार गेस्ट हाउबाट ब्राउन सुगर बिक्री गरिरहेका अनुसार उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

तपाईको प्रतिक्रिया