Online Bichar
सोमबार, आश्विन २६, २०८३ | Monday, October 12, 2026

झापा, २५ असोज २०८३ । दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापाको निर्माणाधिन घर तोडफोड गर्ने एकजना व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही घर निर्माणमा संलग्न कामदार सतनारायण ऋषिदेव रहेका छन् । गत असाज २२ गते रातको समयमा दमक वडा नं. ६ सन्तविर मार्गमा रहेको दमकका नगर प्रमुख थापाको निर्माणाधिन घरको दोश्रो तलामा लगाएको इटाको गारो अज्ञात व्यक्तिले तोडफोड गरी क्षति पुऱ्याएका थिए ।

घटना सम्बन्धमा अनुसन्धान गर्ने क्रममा थापाको घरको दोश्रो तलामा लगाएको इटाको गारोको केही भाग सोही घर निर्माण कार्यमा संलग्न कामदार सतनारायण ऋषिदेवले भत्काएको खुल्न आएको थियो । त्यसपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

ऋषिदेवले उक्त घर निर्माण गर्दा काम गरेवापतको पारिश्रमिक रकम नपाएकोले आवेशमा आई उक्त कार्य गरेको भनी सोधपुछको क्रममा बताएका छन् । उक्त घटना सम्बन्धमा हालसम्म कुनै पनि लिखित उजुरी नआएको र घटनामा ऋषिदेवबाहेक अन्य मानिसको संलग्नता रहेको भन्ने हालसम्म खुल्न नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया