Online Bichar
शनिबार, आश्विन २४, २०८३ | Saturday, October 10, 2026

झापा, २३ असोज २०८३ । झापाको मेचीनगरमा तास र नगदसहित पाँचजना जुवाडे पक्राउ परेका छन् । आज साँझ ५ः१५ बजे मेचीनगर नगरपालिका वडा नं. १ तिरिङ खोलास्थित झलक राउतको गाईगोठमा अबैध तास जुवा खेलिरहेको अबस्थामा जुवाडेहरु पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मेचीनगर–४ बाहुनडाँगी बस्ने बर्ष ५८ का भवानीप्रसाद गुरागाई, वडा नं. १ गाडागल्ली बस्ने बर्ष ५४ का पुरुषोत्तम बराल, वडा नं। ३ मन्दिर टोल बस्ने बर्ष ४८ का किशोर गोले, वडा नं. ५ माङहिम टोल बस्ने बर्ष ३८ का डम्बरबहादुर गिरी र वडा नं। २ रामनगर बस्ने बर्ष ३० का प्रकाश राई रहेका छन् ।

उनीहरुको साथबाट नगद ४४ हजार ३५५ र ७ बुङ तास बरामद भएको छ । उनीहरुलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया