Online Bichar
शुक्रबार, आश्विन २३, २०८३ | Friday, October 9, 2026

काठमाडौं, २२ असोज २०८३ । प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट २० किलो बढी सुन बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सुन बरामद गरेको हो ।

प्रहरीले विशेष सूचनाको आधारमा सुन पक्राउ गरेको जनाएको छ ।

बरामद सुनमध्ये ११ किलो तयारी अवस्थाको र १० किलो बढी प्रशोधन गर्ने तयारीमा राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुन बरामद गरेको जनाएको छ । शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरेर थप जानकारी गराउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया