जनकपुरधाम, २२ असोज २०८३ । आईसीयू अभावमा सर्पदंशका बिरामीको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर प्रादेशिक अस्पताल जनकपुरका निर्देशक मन्त्रालय तानिएका छन् ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रहेको जनकपुर प्रादेशिक अस्पतालका निर्देशक डा. जामुनप्रसाद सिंहलाई मधेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सरुवा गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले अधिकृत १० औं तहका वरिष्ठ कन्सल्टेन्ट पेडियाट्रिसियन डा। सिंहलाई मन्त्रालयमा कामकाज सरुवा गरेको हो ।
उनको स्थानमा स्वास्थ्य मन्त्रालयमा रहेका १० औं तहका प्रमेसु डा. इन्द्रजीतकुमार रजकलाई काज सरुवा गरिएको छ । असोज १३ गते राति सर्पले टोकेपछि जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियाका २५ वर्षीय महेश यादव आफैं स्कुटी चलाएर प्रादेशिक अस्पताल पुगेका थिए ।
१० वटा एन्टी स्नेक भेनम दिएर उपचार गर्दा पनि अवस्था झन् जटिल भएपछि उनलाई आईसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था आएको थियो । तर, आईसीयू खाली नभएको भन्दै उनलाई त्यहाँबाट रेफर गरिएको थियो ।
त्यसपछि त्यहाँबाट अन्य दुई अस्पतालमा लैजाँदा पनि उनको उपचार सम्भव भएन । अन्ततस् सर्पदंश उपचार केन्द्र बर्दिबास पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
त्यसपछि प्रादेशिक अस्पतालको चौतर्फी आलोचना भइरहेको छ ।






