काठमाडौं, २० असोज २०८३ । मंगलबार सेयर बजारमा सुधार देखिएको छ। नेप्से परिसूचक ११.९६ अंकले बढेर २५७८.७३ विन्दुमा उक्लिएको छ। अघिल्लो दिन सोमबार नेप्से परिसूचक २०.४८ अंकले घटेर २५६६.७६ विन्दुमा अडिएको थियो। सो दिन ३ अर्ब २७ करोड मूल्यको सेयर कारोबार भएको थियो।
आज नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने सोमबारको तुलनामा कमी आएको छ। ३५९ वटा स्क्रिप्सको ८९ लाख ५५ हजार २३० कित्ता सेयर ३ अर्ब १३ करोड ८१ लाख १९ हजार ५२८ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १६९ वटा स्टक्सको मूल्य बढ्दा ९५ वटाको घट्यो। बाँकी १५ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।
नेप्से दोहोरो अंकले बढे पनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। त्रिशूली जलविद्युत कम्पनीको सेयर सर्वाधिक ५.११ प्रतिशतले बढ्यो।
२३ करोड मूल्य बराबरको कारोबार गरी घलेमादी हाइड्रोपावर शीर्षस्थानमा रह्यो। लिवर्टी इनर्जीले १३ करोडको कारोबार गर्दा हिमाल दोलखा हाइड्रोपावरले ९ करोड,लक्ष्मी सनराइज बैंक र पिपुल्स हाइड्रोपावरले ८/८ करोडको सेयर कारोबार गरे।
यसदिन दुई समूहको उपसूचकबाहेक अरु बाँकी समूहको उपसूचक सकारात्मक देखिए।






