झापा, १९ असोज २०८३ । झापामा ठूलो मात्रामा लागूऔषधसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । आज साँझ ५:३० बजे लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टा र प्रहरी चौकी शरणामतीबाट खटिएको संयुक्त प्रहरी टोलीले झापा गाउँपालिका वडा नं.५ होक्लावारीबाट प्लास्टिकसहित ३२ ग्राम ४७ मिलिग्राम र प्लाष्टिकबाहेक २५ ग्राम १५० मिलिग्राम ब्राउन सुगरसहित भारत बिहार जिल्ला किशनगञ्ज दिघलबैक थाना मोहमारी ठेगाना भएका २८ वर्षीय फिरोज आलमलाई पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको छ ।






