Online Bichar
मंगलबार, आश्विन २०, २०८३ | Tuesday, October 6, 2026

काठमाडौं, १९ असोज २०८३ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट केन्द्रीय समितिको संख्यामा व्यापक बढोत्तरी आउने भएको छ ।

सोमबारको बन्दसत्रबाट केन्द्रीय समितिको संख्या बढाउने महामन्त्री प्रदीप पौडेलको प्रस्ताव पारित भएको छ ।

मौजुदा कांग्रेसको केन्द्रीय समिति १६७ सदस्यीय थियो । अब उक्त संख्या बढाएर २९७ जना रहने बनाउन थालिएको छ ।

केन्द्रीय कार्यसमितिको संरचनामा १ सभापति, १ वरिष्ठ उपसभापति, चार उपसभापति, एक महिला तीन महामन्त्री र ११ निर्वाचित सहमहामन्त्री हुने प्रश्ताव पारित गरिएको छ । अब कांग्रेसमा चारजना सहमहामन्त्री सभापतिले मनोनीत हुने भएका छन् ।

यसबाहेक ६६ जना केन्द्रीय सदस्य पनि सभापतिले मनोनीत गर्ने गरी प्रस्ताव पारित भएको छ ।

यस्तै, प्रतिनिधि सभा संसदीय दलका नेता र प्रदेश सभापति केन्द्रीय कार्यसमितिको पदेन सदस्य हुनेछन् । केन्द्रीय कार्यसम्पादन समितिमा मौजुदा ३१ जनाबाट बढाएर ४१ पुर्‍याइएको छ । सभापतिले कोषाध्यक्ष र प्रवक्ता पनि मनोनीत गर्ने छन् ।

 

तपाईको प्रतिक्रिया