Online Bichar
सोमबार, आश्विन १९, २०८३ | Monday, October 5, 2026

१८ असोज २०८३ । नेपाली काँग्रेसको १५ औँ महाधिवेशनमा झापाबाट करिब दुई दर्जन जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । विभिन्न क्लस्टरबाट त्यति धेरै जनाले उम्मेदवारी घोषणा गरेका हुन् ।

महिला तर्फबाट उमा शिवाकोटी , सीतादेवी पौडेल ,३५ वर्ष मुनिको क्लस्टरबाट रुवि सिटौला , सरिता पौडेल , नीरज दुलाल , पेशागत र विज्ञ क्लस्टरबाट विज्ञान प्रसाईँ , भूगोलबाट रेगिना भट्टराई , अपाङ्गताबाट उत्सव ढकालले उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै वीरमणि ढकाल ,छत्रबहादुर गिरी ,हुकुमसिंह राई ,मेदनी सिटौला , रामकुमारी पौडेल , जगदीश काफ्‌ले ,अनिलकृष्ण प्रसाईँलगायतले पनि उम्मेदवारी दिने बुझिएको छ ।आकाङ्क्षीमा पुरुषभन्दा महिला बढी छन् ।

झापाबाट ठूलो सङ्ख्यामा केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको जिल्ला सभापति देउमान थेबेले बताए । उनले हालसम्म २२ जनाले आकाङ्क्षा व्यक्त गरेको बताउँदै उम्मेदवार को को बन्ने भनेर भोलि यकिन हुने जानकारी दिए ।

झापाबाट महाधिवेशन प्रतिनिधि , गाउँ , नगर , क्षेत्र, क्षेत्र प्रदेशसभाका सभापति गरी १९५ जना महाधिवेशनमा सहभागी भएका छन् ।रासस

तपाईको प्रतिक्रिया