काठमाडौं, १५ असोज २०८३ । निजामती विधेयकमा ९ प्रकारका बिदा प्रस्ताव गरिएको छ। बिहीबार प्रतिनिधिसभामा दर्ता भएको निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उक्त प्रस्ताव गरिएको हो।
विधेयकको दफा १२५ मा महिनावारीसहित ९ प्रकारका बिदा प्रस्ताव गरिएको हो। जसमा भैपरी बिदा, घर बिदा, बिरामी बिदा, मातृत्व तथा प्रसूति बिदा, प्रसूति स्याहार बिदा, महिनावारीररजश्वला बिदा, मृत्यु संस्कार बिदा, अध्ययन बिदा र असाधारण बिदा रहेका छन्।






