काठमाडौं, १५ असोज २०८३ । ज्यालादारी वा करारमा कर्मचारी राख्न नपाइने व्यवस्था निजामती कर्मचारी विधेयकमा गरिएको छ । निजामती कर्मचारीबाट गर्नुपर्ने काममा विशेष अवस्थाबाहेक ज्यालादारी वा करारमा कुनै व्यक्ति नियुक्त गर्न नपाइने विधेयकमा व्यवस्था छ ।
कुनै निकायबाट ज्यालादारी वा करारमा कर्मचारी राखिए त्यस्तो नियुक्ति स्वतः बदर हुने बिहीबार (असोज १५) प्रतिनिधिसभामा पेस गरिएको विधेयकमा उल्लेख छ ।
ऐनविपरीत भर्ना गरिए त्यस्ता व्यक्तिले पाएको तलब, भत्ता तथा अरू सुविधा नियुक्त गर्ने अधिकारीबाटै असुलउपर गरिने कडा व्यवस्था सामान्य प्रशासन मन्त्रालयले तयार पारेको विधेयकमा राखिएको छ ।






