Online Bichar
बिहिबार, आश्विन २२, २०८३ | Thursday, October 8, 2026

काठमाडौं, ११ असोज २०८३ । मनाङको हिम्लुङ हिमालमा पहिरो गएको छ । आइतबार बिहान नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिउँपहिरो गएको हो । पहिरोमा परेर मानवीय क्षति भएको आशंका गरिएको छ ।

हिमाल आरोहणमा गएका २२ जना ९९ पर्वतारोही र १३ सहयोगी० मध्ये करिब १२ जना बेपत्ता भएको आशंका प्रहरीले गरेको छ ।

उद्दारका लागि काठमाडौंबाट हेलिकोप्टर मनाङको लागि गएको सशस्त्रका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार, क्षतिको एकिन जानकारी प्राप्त हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया