Online Bichar
बुधबार, आश्विन ०७, २०८३ | Wednesday, September 23, 2026

काठमाडौं, ७ असोज २०८३ । २० औं एसियन गेम्स २०२६ मा नेपालले पहिलो पदक हासिल गरेको छ। नेपालको लागि करातेको कुमुतेतर्फ ८४केजी माथिको तौल समुहमा नेपालका तेन्जिङ शेर्पाले कास्य पदक जितेका छन्।

उनले लाओसका भथ्थाना छयासनलाई ९–१ ले पराजित गर्दै कास्य पदक जितेका हुन्। सेमिफाइनलमा इरानका महमुद निमातीसँग ५–० ले पराजित भएका तेन्जिङले नेपालको लागि कास्य पदक जितेका हुन्।

यसअघि मंगलबार भएको खेलमा कातातर्फ नेपाली टोली पदकविहिन बनेको थियो।

तपाईको प्रतिक्रिया