Online Bichar
मंगलबार, आश्विन ०६, २०८३ | Tuesday, September 22, 2026

काठमाडौं, ६ असोज २०८३ । काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगजनी गरी मृत्यु भएका चालकका आफन्त विरोध प्रदर्शनमा उत्रिएका छन् । घटनाप्रति आपत्ति जनाउँदै मृतकका परिवार तथा समर्थकले मंगलबार ९असोज ६० कीर्तिपुरस्थित बर्न अस्पताल परिसरमा प्रदर्शन गरेका हुन् ।

सोमबार (असोज ५) मध्याह्न १२ः११ बजेतिर त्रिपुरेश्वरमा रोकिराखेको थानकोट–मूलपानी चल्ने रिद्धिसिद्धि यातायातको बा५ख ४२७६ नम्बरको बसमा आगलागी भएको थियो । त्यति बेला कोही यात्रु नभएको बसमा चालक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ का २३ वर्षीय अर्जुन दोङ आफैँले आगजनी गरेको प्रहरीले जनाएको छ ।

शरीरको करिब ९० प्रतिशत भाग जलेका उनको उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका हुन् । बसमा आगजनीअघि ट्राफिक प्रहरीसँग उनको विवाद भएको देखिने भिडियो पनि सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

घटनाको सत्यतथ्य छानबिन, दोषीमाथि कारबाही तथा पीडित परिवारलाई न्याय र उचित क्षतिपूर्तिको माग गर्दै आफन्तले प्रदर्शन गरिरहेका छन् । आफन्तले उनको शव बुझ्न मानेका छैनन् ।

तपाईको प्रतिक्रिया