Online Bichar
सोमबार, आश्विन ०५, २०८३ | Monday, September 21, 2026

झापा, ५ असोज २०८३ । बिर्तामोडको टाइमलेस होटलमा पार्किङ गरी राखिएको थार गाडीमा अचानक आगलागी भएको छ । आज दिउँसो २:१५ बजे बिर्तामोड वडा न.१ स्थित टाइमलेस होटलको पार्किङ स्थलमा पार्किङ गरी राखेको डब्लुबी ७४ बीई००९२ न.को महेन्द्र थार गाडीमा अचानक ब्याट्री सर्ट भएर आगलागी भएको हो । बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा उक्त आगो दिउँसो २:३५ बजे पूर्णरुपमा नियन्त्रणमा लिइएको थियो ।

उक्त आगलागीबाट भारत सिलिगुडी मोतीगडा बस्ने नासिर अलीको नाममा दर्ता भएको महेन्द्र थार गाडी पूर्णरुपमा जल्दा अन्दाजी १५ लाख बराबरको क्षति भएको छ ।

उक्त थार गाडीसंगै राखेको हल्दीवारी वडा न.१ बस्ने दिनेश कार्कीको नाममा दर्ता भएको बा.प्र.०१–०३३ च.६१३६ न.को कारसमेत आंशिक रुपमा जल्दा अन्दाजी ७ लाख गरी जम्मा २२ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक मनिश लुइटेलले जानकारी दिएका छन् ।

 

तपाईको प्रतिक्रिया