काठमाडौं, ५ असोज २०८३ । रसुवाको भोटेकोसी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ ।
नेपाल सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल करिब १५ अर्ब जम्मा भइसकेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार, हाल कोषमा १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८७१ मौज्दात छ ।
सरकारले उक्त कोषमा जम्मा भएको सहयोग रकमबाट यसअघि एक अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ ।
कार्यालयका अनुसार, कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा ११ अर्ब १४ करोड २० लाख ५० हजार ९४७ र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा दुई करोड ४४ लाख ७४ हजार १२१ अमेरिकी डलर जम्मा भएको छ ।रासस






