जेबि खड्का
गौरादह, ४ असोज २०८३ । स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. ले गौरादह सेवा केन्द्रमा इकाईगत साधारणसभा सम्पन्न गरेको छ।साधारणसभाका प्रमुख अतिथि संस्था जेष्ठ सदस्य शिव प्रसाद भण्डारीले साधारणसभाको उद्घाटन गरेका थिए।
प्रधान कार्यलय दमकमा रहेको संस्थाले गौरादहका नागरिकलाई सेवा दिने उदेश्यले गौरादहमा सेवाकेन्द्र संचालन गरि सेवा दिइरहेको छ। संस्थाले अवलम्बन गरेका निति तथा कामकार्यलाई सेयर सदस्यहरु समक्ष पुर्याउन गौरादह सेवा केन्द्रमा इकाईगत साधारणसभा सम्पन्न गरेको छ। संस्थाले यही असोज ९ गते दमकमा हुने संस्थाको १७ औं वार्षिक साधारणसभाका लागि गौरादह इकाईबाट ३ जना प्रतिनिधि छनौट गरेको छ।
इकाईगत साधारणसभा संस्थाका अध्यक्ष बुद्धिसागर बरालले १७ औं साधारणसभामा प्रस्तुत गरिने संस्थाको वार्षिक प्रगति प्रतिवेदन गौरादहको इकाईगत साधारणसभा प्रस्तुत गरेका थिए। वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष बरालले संस्थाले आर्थिक बर्ष २०८२/०८३ मा १ अर्ब ३२करोड ३५लाख ६८ हजार ९ सय ८ बराबरको कुल कारोवार गरेको प्रतिवेदन प्रस्तुत गरेका थिए। संस्थाले यस आर्थिक बर्षमा ११ करोड ३३ लाख २४ हजार २ सय ४ रुपैयाँ आम्दानी गरेको प्रतिवेदन प्रस्तुत गराएका थिए। अध्यक्ष बरालले संस्थाले यस आर्थिक बर्ष सम्ममा १० करोड ९३ लाख ८० हजार ७ सय शेयर पुँजी रहेको जानकारी गराएका थिए। अध्यक्ष बराल द्वारा प्रस्तुत प्रतिवेदनमा सहकारीको मुल्य मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै सदस्यहरुलाई गुणस्तरीय , भरपर्दो , विस्वासनिय तथा प्रबिधि मैत्री वित्तीय एवं गैरवितिय सेवा प्रदान गरि सदस्यको जीवन स्तरमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य रहेको प्रतिवेदन प्रस्तुत गरेका थिए। संस्थाले अघिल्लो आर्थिक बर्षको ३ करोड ८० लाख बाह्य ऋण असुल गर्न सफल भएको प्रतिवेदन प्रस्तुत गरेका थिए।
बिगत बर्ष झैं यस बर्षपनि संस्थाको वार्षिक साधारणसभामा बाल बचत, संस्थामा उत्कृष्ट कारोवार गर्ने , कर्मचारी ,पुर्ब संचालक समिति, सेयर सदस्यका छोराछोरीहरु मध्ये कक्षा १२ मा उत्कृष्ट अंक ल्याउनेलाई सम्मान गरिने संस्थाका ब्यबस्थापक राज कुमार बरालले जानकारी गराएका छन। संस्थाले हाल सम्म झिलझिले , उर्लाबारी ,गौरादह र सुरुङ्गा मा सेवा केन्द्र खोली नागरिकलाई सेवा दिइरहेको छ। कार्यक्रममा संस्थाका लेखा संयोजक गायत्री प्रसाद पराजुलीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए। संस्थाका उपाध्यक्ष संजिब रिमालले स्वागत मन्तब्य राखेको कार्यक्रममा संस्थाका प्रशासन अधिकृत भगिरथ अधिकारीले कार्यक्रम संचालन गरेका थिए।






