Online Bichar
बिहिबार, आश्विन ०१, २०८३ | Thursday, September 17, 2026

काठमाडौं, ३१ भदौ २०८३ । साउदी अरबमा घाइते भएका तथा ज्यान गुमाएकाहरूको परिवारलाई सहज क्षतिपूर्ति दाबीको प्रबन्ध सरकारले गरेको छ ।

सरकारले साउदी नागरिक कानुन व्यवसायीलाई बिमा र क्षतिपूर्तिको रकमसम्बन्धी कानुनी कारबाहीका लागि ‘पावर अफ अटोर्नी’ (वारेसनामा) दिएको हो ।

अब तोकिएको कानुन व्यवसायीले नेपालीहरूको मृत्यु वा घाइते हुँदा क्षतिपूर्ति वा बिमाको दायित्वसम्बन्धी कानुनी प्रक्रिया अघि बढाउन सक्छन् । “साउदी अरबमा मृत्यु वा घाइते भएका नेपालीको बिमा वा क्षतिपूर्ति रकमसम्बन्धी कानुनी कारबाहीका लागि साउदी नागरिक कानुन व्यवसायीलाई वारेसनामा (पावर अफ अटोर्नी’) दिई बिमा क्षतिपूर्तिको दाबी अघि बढाउनेसम्बन्धी आदेश जारी गर्ने निर्णय गरिएको छ।”

परराष्ट्र मन्त्रालयको प्रस्तावअनुसार मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको प्रवक्ता पोखरेलले बताए ।

 

तपाईको प्रतिक्रिया