काठमाडौं, ३१ भदौ २०८३ । चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटिएको छ । बुधबार दिउँसो खोज तथा उद्धार टोलीले शव भेटाएको हो । फेला परेका शवको पहिचान हुन बाँकी रहेको स्रोतले जानकारी दियो ।
भदौ १० मा रसुवाको भोटेकोसी नदीमा आएको बाढीले चिलिमेसहितका जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ । आयोजनाका कामदार तथा कर्मचारी बाढीमा परेर बेपत्ता छन् ।
सुरुङभित्र रहेको आशंकामा नेपाली सेनासहितको टोलीले खोजी गरिरहेको थियो ।






