जेबि खड्का
गौरादह, २८ भदौ २०८३ । झापाको गौरादहमा संचालन भएको महिला फुटबल प्रतियोगितामा आयोजक स्पर्श क्लबले उपाधिको रक्षा गरेको छ। आईतवार सम्पन्न फाइनल खेलमा आयोजक स्पर्श क्लबले रोथखोला एफसी वेस्ट बंगाललाई ३-० गोल अन्तरले पराजित गर्दै उपाधीको रक्षा गरेको हो।
उपाधीका लागि भएको प्रतिस्पर्धामा दुबै टिमबाट उत्कृष्ट खेल प्रदर्शन भएपनि वेस्ट बंगालको कमजोर रक्षपन्थीकोे फाइदा उठाउदै आयोजकले ३ गोल गर्न सफल भएको थियो। खेलको पहिलो हाफको अन्तिम समय ३६ मिनेटमा आयोजककी सुजता पालुङवाले गोल गर्दै १-० को अग्रता दिलाइन। खेलको दोस्रो हाफको ४३ मिनेटमा आयोजककी मनिका तुम्रकले गोल गर्दै २-० को अग्रता बनाइन। खेलको ५२ मिनेटमा आयोजककी समीक्षा मगरले थप गोल गर्दै ३-० को अग्रता बनाइन। उपाधीका लागि भएको खेलमा वेस्ट बंगालले मिटफिल्डमा केही राम्रो खेल प्रदर्शन गरेपनि फिनिसिङ उत्कृष्ट नहुदा गोल गर्नबाट वन्चित भएका थिए।
खेल अवधिभर आयोजक टिमले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो। आयोजक टिमका खेलाडीहरुले थप गोल गर्ने केही सुनौला अवसरहरु पाएपनि गोलमा परिणत नहुदा ३-० मानै खेल टुङगिन पुगेको थियो। फाइनल खेलको मेन अफ दि म्याच आयोजककी मनिता तामाङ घोषित भईन। खेलमा पहिलो गोल गर्ने खेलाडीलाई मेडिको केयरले घोषणा गरेको नगद १० हजार रुपैयाँ आयोजककी खेलाडी सुजता पालुङवाले पहिलो गोल गर्दै हात पारेकी थिईन। खेल अवधिभरमा एनर्जिङ खेलाडीका रुपमा काकडभिट्टा महिला फुटबलकि १२ बर्षकी खेलाडी सरस्वती राजवंशी घोषित भइन।
प्रतियोगिताको विजेताको रुपमा आयोजक टोलीले नगद रु. १ लाख ११ हजार १ सय ११ र उपविजेता भएको वेस्ट बंगाल टोलीले रु. ५५ हजार ५ सय ५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका छन। फाइनल खेलका प्रमुख अतिथि कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कुमार कार्कीले मुख्य रेफ्रिलाई बल दिएर खेलको उद्घाटन गरेका थिए। खेलकुद अनुशासन जग जोडिएको हुनाले युवामा अनुशासनको विकास र समाजसेवामा खेलकोे महत्त्वपुर्ण भुमिका रहेको धारणा राखेका थिए। गौरादहमा पहिलो पटक महिला फुटबल आयोजना भए सँगै यस क्षेत्रका महिलाहरुमा समेत फुटबल खेलको आकर्षण बढ्ने विश्वास व्यक्त गरेका थिए। जिल्ला प्रहरी कार्यलय झापकी प्रहरी प्रहरी प्रमुख एस पी बसुन्धुरा खड्काले युवामा खेलको बिकास सँगै लागु औषध दुव्यर्सनी नियन्त्रण हुने विश्वास व्यक्त गरिन। आयोजक स्पर्श क्लबका अध्यक्ष उज्ज्वल दाहालको सभापतित्वमा खेल सम्पन्न भएको थियो।






