Online Bichar
सोमबार, भाद्र २९, २०८३ | Monday, September 14, 2026

गौरादह, २७ भदौ २०८३ । झापाको शुभलक्ष्मी सहकारी संस्था लिमिटेड गौरादहले आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । असोज ३ गते सम्पन्न हुने २८ औं वार्षिक साधारण सभामा पेश गर्ने वार्षिक प्रतिवेदन २०८३ आज पत्रकार सम्मेलन गरी सहकारीको सभाहलमा सार्वजनिक गरिएको हो ।

८८ पृष्ठको वार्षिक प्रतिवेदनमा संस्थाको विस्तृत प्रगति विवरण तथा अध्यक्ष, लेखा सुपरिवेक्षण समिति, कोषाध्यक्ष एवं लेखापरीक्षकको प्रतिवेदन समावेश गरिएको छ । प्रतिवेदनमा उल्लेख गरिएको आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित नीति तथा कार्यक्रमको अध्ययन गरी शेयर सदस्यहरुबाट साधारण सभामा रचनात्मक सल्लाह सुझावको अपेक्षा समेत गरिएको अध्यक्ष प्रकाश कार्कीले बताए । प्रतिवेदनमा सहकारीको नेतृत्व चयनको लागि आवश्यक निर्वाचन कार्यक्रम समेत सार्वजनिक गरिएको छ ।

प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०८२/०८३ सम्म्ममा संस्थामा ३५ सय ९७ जना शेयर सदस्य र शेयर पुँजी ८ करोड ३९ लाख ८९ हजार ४०० रहेको छ । निर्वाचन कार्यक्रमको प्रकाशित तालिका अनुसार भदौ १९ गते बाट निर्वाचन प्रक्रिया सुरु भएको र असोज ४ गते निर्वाचन सम्पन्न हुनेछ ।

संस्थाका अध्यक्ष कार्कीद्वारा सार्वजनिक प्रतिवेदनमा कम्तीमा ३ जना शेयर सदस्यहरुको जमानतमा धितो सहित विशेष परियोजना कर्जाको रुपमा संस्थाले १ करोड सम्म लगानी गर्ने प्रस्ताव पेश गरेका छन् । यस प्रकारको कर्जामा २ वर्षसम्म ब्याजदर परिवर्तन नहुने जानकारी गराएका थिए। अध्यक्ष कार्कीले संस्थामा ५ करोड ४१ लाख २० हजार ४५ जगेडा कोष रहेको, निक्षेप दायित्व ६४ करोड ६१ लाख ५१ हजार ९ सय ७४ रहेको जानकारी गराएका थिए। संस्थाले गौरादह-१ बजारमा रहेको मुख्य कार्यालय तथा गौरादह नगरपालिकाको बैगुन्धुरा र चप्रामारी गरि २ स्थानमा सेवा केन्द्र संचालन गरिरहेको छ ।

संस्थाले हाल सम्म सदस्यहरुलाई १ लाख सम्मको दुर्घटना मृत्यु बिमा, उपचार निति अनुरुप बढीमा ५० हजार सम्म जीवनमा एक पटक उपचार सुविधा , सदस्य राहत कोष निति अनुरुप बढीमा ५० हजार सम्म सदस्य मृत्यु राहत सुविधासहित अन्य ३० भन्दा बढी सुविधा उपलब्ध गराउदै आएको अध्यक्ष कार्कीले जानकारी गराएका थिए।

सहकारीको सातौं सिद्धान्त समुदाय प्रति चासोलाई मध्यनजर गर्दै गौरादह बहुमुखी क्याम्पसलाई १ थान वटर डिस्पेन्सर हस्तान्तरण गर्नुका साथै संस्थाको २८ औं स्थापना दिवसको अवसरमा गौरादह(९ मा रहेको जीवन ज्योती आधारभूत विद्यालयमा अध्ययनरत ४८ जना विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेको जानकारी गराएका थिए। यही असोज ३ गते गरिने २८ औं वार्षिक साधारणसभामा उत्कृष्ट बचत तथा ऋण कारोवार गर्ने सदस्य २० जना, नियमित बचत तर्फ १ जना, रेमिट कारोवार तर्फ १ जना, बाल बचत तर्फ १ जना, महिला समूह तर्फ १ समूह, सहकारी पसलमा समान खरिद गर्नेहरु मध्ये उत्कृष्ट ७ जना, जेष्ठ सदस्य तर्फ २ जना, पुर्ब संचालक तर्फ १ जना, कर्मचारी १ जना, शुभलक्ष्मी शैक्षिक पुरस्कारबाट ५ जना सहित जम्मा ४० जनालाई सम्मान गरिने समेत जानकारी गराएका थिए। संस्थाले आर्थिक वर्ष २०८३र०८४ का लागि सेयर सदस्य वृद्धि सदस्यहरुलाई क्षमता अभिवृद्धि तालिम संचालन, सिर्जनात्मक क्रियाकलाप संचालन, सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारी एकीकरण, संस्थाको नाममा रहेको जग्गा बिक्री गर्ने, ऋण असुलीलाई प्राथमिकतामा राखि प्रस्ताव पेश गर्ने जानकारी गराएका थिए।

तपाईको प्रतिक्रिया