Online Bichar
बुधबार, भाद्र २४, २०८३ | Wednesday, September 9, 2026

काठमाडौं, २४ भदौ २०८३ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन् ।

वीरगन्जका सुवेदीले राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनलाई सम्बोधन गर्दै बुधबार पत्रमार्फत पार्टी परित्यागको घोषणा गरेका हुन् ।

उनले पार्टी स्थापनाकालदेखि नै राप्रपाको वृद्धि तथा सुदृढ संगठनका लागि देशहितमा कर्तव्यनिष्ठ कार्यकर्ताका रूपमा काम गर्दै आएको उल्लेख गरेका छन् । उनले साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको पत्रमा जनाएका छन् । पत्रको अन्त्यमा उनले भनेका छन्, ”पार्टी सधैँ भलो होस् ।”

तपाईको प्रतिक्रिया