Online Bichar
सोमबार, भाद्र २२, २०८३ | Monday, September 7, 2026

जेबि खड्का 

गौरादह, २२ भदौ २०८३ । गौरादहमा संचालन भइरहेको महिला फुटबल प्रतियोगिताको सोमबार सम्पन्न खेलमा आयोजक स्पर्श महिला फुटबल क्लब विजयी भएको छ। स्पर्श महिला फुटबल क्लबले गाईघाट महिला फुटबल क्लब उदयपुरलाई  २-० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो।

खेलको पहिलो हाफको तेस्रो मिनेटमा गाईघाटका खेलाडीले आफ्नो गोल पोष्ट भित्र बिपक्षी खलाडीलाई फल हानेपछी स्पर्श क्लबका खेलाडीले पेनाल्टी पाएका थिए। स्पर्श क्लबकी खेलाडी अनिसा राईले पेनाल्टीलाई सदुपयोग गर्दै सुन्दर गोल गरिन। पेनाल्टीको गोल मार्फत अग्रता लिएको स्पर्श क्लबका खेलाडीले १० मिनेटमा दोस्रो गोल गर्दै खेललाई २-० को अग्रता बनाएका थिए। गाईघाटका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेपनि फिनिसिङमा चुक्दा गोल गर्नबाट बन्चित भएका थिए।

खेलको दोस्रो हाफमा दुबै टिमबाट गोल हुन नसक्दा खेल २-० मा सकिएको थियो। खेल अवधिभर स्पर्श क्लबका खेलाडीले खेललाई आफ्नो पक्षमा राख्न सफल भएका थिए। आइतबार पानी परेका कारण ग्राउन्ड केही हिलो भएकाले खेल खेल्न केही असहज महसुस भएको खेलाडीले बताएका थिए। सोमबारको खेलमा आयोजक स्पर्श क्लबकि खेलाडी समीक्षा मगर मेन अफ दि म्याच घोषित भएकी थिइन।

तपाईको प्रतिक्रिया