Online Bichar
आइतबार, भाद्र २१, २०८३ | Sunday, September 6, 2026

काठमाडौं, २१ भदौ २०८३ । विश्वका २९ भन्दा बढी देशले नेपालका बाढीपीडितलाई सहयोग पठाएका छन् । उनीहरूले प्रभावित क्षेत्रमा खोज तथा उद्धार टोली पठाउनेदेखि बाढीपीडितलाई आपतकालीन राहत सामग्री उपलब्ध गराएका छन् ।

“हालसम्म हामीले हाम्रा निकट छिमेकीहरू, मित्रराष्ट्रहरू, अन्तर्राष्ट्रिय संघ–संस्थाहरूका साथै परोपकारीहरूबाट उदार सहयोग प्राप्त गरेका छौँ,” परराष्ट्र मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हालसम्म भारत, चीन, संयुक्त अरब इमिरेट्स ९यूएई०, बेलायत, जापान, अमेरिका, कतार, सिंगापुर, दक्षिण गणतन्त्र, अस्ट्रेलिया, जर्मनी, लात्भिया, लक्जमबर्ग, मलेसिया, म्यान्मार, भुटान, बंगलादेश, पाकिस्तान, नर्वे, इजरायल, क्यानडा, श्रीलंका, थाइल्यान्ड, भियतनाम, न्युजिल्यान्ड, डेनमार्क, स्विट्जरल्यान्ड, आयरल्यान्ड र चेक रिपब्लिकले बाढीपीडितलाई विभिन्न सहायता तथा राहत सामाग्री उपलब्ध गरेका छन् ।

साथै, युरोपेली संघ, एसियाली विकास बैंक, विश्व बैंक, संयुक्त राष्ट्रसंघ र यसका विशिष्टीकृत एजेन्सीहरूलगायत अन्य संस्थाहरूले बाढी पीडितहरूलाई विभिन्न सहायता उपलब्ध गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

“नेपालले आफ्नो पहुँचमा रहेका सबै स्रोत र साधनहरू परिचालन गरेको छ, तर यस विपद्को आकार र जटिलतालाई हेर्दा निरन्तर अन्तर्राष्ट्रिय ऐक्यबद्धता र सहयोगको आवश्यकता छ भन्ने कुरा हामी महसुस गर्छौं,” परराष्ट्रले भनेको छ ।

छिमेकी भारतले खोज तथा उद्धारमा टनेल ९सुरुङ० विज्ञ, चिकित्सक र फोरेन्सिक विज्ञहरुको ठूलो टिम नेपालमा पठाएको छ । यसको अलवा भारतले ठूलो मात्रामा राहत सामग्री पनि नेपालका बाढीपीडितलाई उपलब्ध गरेको छ ।

अर्को छिमेकी चीनबाट पनि राहत सामग्री, टनेल विज्ञ र फोरेन्सिक विज्ञहरूको ठूलो टिम नेपाल आएको छ । दक्षिण कोरिया र सिंगापुरबाट पनि खोज तथा उद्धारमा सहयोग पुर्‍याउन ठूलो टोली नेपाल आएको छ ।

रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको बाढीले ठूलो जनधनको क्षति गरेपछि अन्तर्राष्ट्रिय सुमदायले नेपाललाई विभिन्न सहयोग उपलब्ध गराएका हुन् । बाढीमा परी एक हजार ३४१ जनाको मृत्यु भइसकेको छ भने करिब पाँच हजार सम्पर्कविहीन छन् ।

 

तपाईको प्रतिक्रिया