Online Bichar
आइतबार, भाद्र २१, २०८३ | Sunday, September 6, 2026

काठमाडौं, १९ भदौ २०८३ । नेपाल विद्युत् प्राधिकरणको त्रिशुली थ्री(‘ए’ परियोजनाको सुरुङबाट उद्धार टोलीले दुई जनाको जीवितै उद्धार गरेको छ ।

विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र सुपरभाइजर कविर महर्जनको १० दिनपछि आज बिहान सुरुङबाट जीवितै उद्धार गर्न सफलता प्राप्त भएको हो ।

त्रिशुली थ्री ए परियोजना प्रमुख आवास ओझाका अनुसार उद्धार टोलीले पावरहाउस पुग्ने सुरुङबाट यी दुई जनाको उद्धार गरेको हो ।

‘यी दुई जनालाई पावरहाउस पुग्ने बाटोमा जीवितै भेटेर उद्धार गरिएको हो, पावरहाउसमा पुग्न बाँकी नै छ,’ उनले भने ।

सुरुङभित्र अँध्यारो हुने हुनाले उनीहरूलाई पावरहाउसको कति दुरीबाट उद्धार गरिएको हो भन्न नसकिने पनि उनले जानकारी दिए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

सुरुङभित्रबाट जीवितै उद्धार गरिएका सञ्जय साह ।

सञ्चालनमा रहेको ६० मेगावाटको यो परियोजना बन्द गरी समग्र मर्मत (ओभरहलिङ) को काम भइरहेको थियो । त्यसो हुँदा विद्युत् गृहमा नदीबाट पानी छिर्ने सुरुङ बन्द गरिएको थियो ।

सुरुङभित्र रहेको विद्युत् गृहमा ४२ जना इन्जिनियर तथा कर्मचारीहरू फसेको अनुमान नेपाल विद्युत् प्राधिकरणको छ । त्यसमध्ये सबैभन्दा धेरै मानिसहरू विद्युत गृहमा नै रहेको अनुमान छ ।

सुरुमा उद्धार गरिएका सञ्जय साहले भित्र सबैजना जीवित रहेको बताए पनि कति मानिसहरू रहेको भन्ने नखुलेको पनि आयोजना प्रमुख ओझाले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया