Online Bichar
शुक्रबार, भाद्र १९, २०८३ | Friday, September 4, 2026

काठमाडौँ, १८ भदौ २०८३ ।​ त्रिभुवन विश्वविद्यालयले रसुवागढी भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रत्यक्ष प्रभावित परीक्षार्थीका लागि असोज दोस्रो हप्ताभित्र विशेष परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ। बाढीका कारण स्थिति जटिल भई संशोधित परीक्षा तालिका अनुसार पनि परीक्षा दिन नसक्ने परीक्षार्थीहरूलाई लक्षित गर्दै त्रिविले यो अवसर दिन लागेको हो।

​विशेष परीक्षामा सहभागी हुनका लागि प्रभावित परीक्षार्थीहरूले सोसम्बन्धी आधिकारिक कागजात पेस गर्नुपर्नेछ। जसअनुसार अस्पतालमा उपचाररत घाइतेका हकमा भर्ना भएको कागजात तथा काजकिरियामा रहेका वा घरबारविहीन भएका परीक्षार्थीका हकमा सम्बन्धित स्थानीय निकायको प्रमाणित कागजात बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

​त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खु र सम्बन्धित डीन कार्यालयहरू मार्फत तोकिएका परीक्षा केन्द्रहरूमा यी परीक्षाहरू नियमित परीक्षा सरह नै सञ्चालन हुनेछन्। गत भदौ १० गतेको बाढीका कारण स्थगित भएका अन्य सामान्य परीक्षाहरू भने पहिले नै प्रकाशित संशोधित तालिका अनुसार नै सञ्चालन हुने रजिष्ट्रार डा। रविन्द्र शिवाकोटीद्वारा जारी सूचनामा उल्लेख छ।

तपाईको प्रतिक्रिया