Online Bichar
मंगलबार, भाद्र १६, २०८३ | Tuesday, September 1, 2026

झापा, १५ भदौ २०८३ । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ९, कञ्चनटोलमा दुखद घटना भएको छ । त्यहाँ आमाको मृत्यु भएको भोलिपल्ट छोराको पनि निधन भएको हो । कंचन टोल विकास संस्थाका उपाध्यक्ष वर्ष अन्दाजी ५० का खेम नेपालीकी आमा वर्ष अन्दाजी ७५ की नरमाया नेपालीको हिजो विहान घरमै निधन भएको थियो । उनको हिजो दिउँसो अन्त्येष्टि गरिएको थियो ।

त्यसको भोलिपल्ट खेम नेपालीको पनि मृत्यु भएको हो । मिर्गौला सम्बन्धी समस्या रहेका खेमको दिउँसो ४ बजे प्रादेशिक अस्पताल भद्रपुरमा निधन भएको छिमेकी यज्ञराज श्रेष्ठले बताए । खेमकी श्रीमतीको पनि पाँच महिनाअघि क्यान्सर रोगबाट निधन भएको थियो ।

 

तपाईको प्रतिक्रिया