Online Bichar
सोमबार, आश्विन २६, २०८३ | Monday, October 12, 2026

काठमाडौं, १४ भदौ २०८३ । नेपाली सेनाले बाढी प्रभावित क्षेत्रबाट हेलिकोप्टरमार्फत आइतबार दिउँसो ३ बजेसम्म ४०९ जनाको उद्धार गरेको छ ।

उद्धार गरिएकामा १५ जना चिनियाँ र एकजना भारतीय नागरिक समेत रहेको नेपाली सेनाले जनाएको छ ।

त्रिशूली–३ हाइड्रो पावरको टनेलमा फसेका टोलीहरूको उद्धारका लागि भदौ १२ गतेदेखि अस्थायी रूपमा बसेको विशेषज्ञ सहितको संयुक्त टोलीले ड्रिलिङ मेसिन, स्काभेटर, हाइड्रोलिक कटर लगायतका सामग्रीको प्रयोग गरी क्राउनहेड फेला पार्न सफल भएको सेनाले जनाएको छ ।

होलबाट अवलोकन गर्दा सात मि।को डाइमिटरमा धेरै माथिसम्म पानीको सतह देखिएको सेनाले आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रभावित जिल्लाहरूमा नेपाली सेनाको करिब आठ हजार ५ सयभन्दा बढी फौज खटिई समन्वयात्मक रूपमा कार्य गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया