झापा, १२ भदौ २०८३ । झापामा खेतीपाती गर्ने किसानहरुलाई नै जापानिज इन्सेफलाइटिस (जेई) को संक्रमण देखिएको छ । धान खेती र पशुपालन गर्ने किसानहरुमा जेईको संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले गरेको अध्ययनले देखाएको छ । झापामा पुष्टि भएका १२ वटा केसको प्रोफाइल हेर्दा ९० प्रतिशत संक्रमितहरु कृषि पेशामा संलग्न रहेका छन् ।
धान खेत नजिकैको बासस्थान भएका , ५सय मिटरभित्र सुँगुरपालन गरेका, घरमा स्क्रिन९जाली० नभएका झ्याल भएका , बोटबिरुवाको अतिवृद्धि भएका , घर वरिपरि सिँचाइ नहररखाल्डो भएका , आसपासमा धानखेती तथा जलचर पंछी भएका किसानहरुलाई नै जेईको संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका प्रमुख बृजकुमार दासले बताए । उनले
सबै घरमा मच्छरदानी प्रयोग हुँदाहुँदै पनि केस देखिनुमा जोखिम मुख्यतया साँझरबिहानको बाहिरी–कृषि सम्पर्कबाट भएको संकेत गरेको र केवल भित्री सुरक्षा अपर्याप्त रहेको जानकारी दिए ।
जापानिज इन्सेफलाइटिस क्युलेक्स लामखुट्टेबाट सर्ने भाइरल रोग हो, जुन धान खेत र स्थिर पानीमा फैलिन्छ। सुँगुरले प्रवर्धक होस्टको काम गर्छ। झापा जिल्ला– व्यापक धान खेती र मिश्रित पशुपालन भएको स्थापित जेई प्रभावित क्षेत्र हो।
झापामा यस वर्ष १२ जनामा जेईको संक्रमण देखिएको छ । त्यसमध्ये ६ जनाको मृत्यु भइसकेको छ । दुईजना उपचारमा रहेको र चारजना उपचारपछि घर फर्किएका छन् । जापानिज इन्सेफ्लाइटिस रोग मुख्य गरेर धान खेती हुने ठाउँ तथा सुँगुर, बंगुर र हाँसपालन गर्ने समुदायमा बढी देखिन्छ । यो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्छ तर १५ वर्ष मुनिका बालबालिकामा बढी हुन्छ ।






