Online Bichar
शुक्रबार, भाद्र १२, २०८३ | Friday, August 28, 2026

झापा, ११ भदौ २०८३ । ६ जनाको मृत्यु भइसकेको झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) को थप एकजना संक्रमित देखिएका छन् । मेचीनगर-६ प्रगति टोलकी ६६ वर्षीया महिलामा बुधवार जेईको संक्रमण देखिएको हो । योसंगै झापामा जेई संक्रमितको संख्या १२ पुगेको छ । त्यसमध्ये ६ जनाको मृत्यु भएको हो । दुईजना उपचारमा रहेको र चारजना उपचारपछि घर फर्किएका छन् ।

यसैबीच झापाको मेचीनगर जापानिज इन्सेफ्लाइटिस (जेई) को इपिसेन्टर बन्दै गएको छ । नगरपालिका स्वास्थ्य शाखाको बार्षिक तथ्यांक हेर्ने हो भने गत तीन वर्षमा ५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले अघिल्लो वर्ष १ जना, गत वर्ष २ जना, चालू आर्थिक वर्षमा २ जनाको मृत्यु भएको र संक्रमितहरूको संख्या पनि बढिरहेको जानकारी दिइन् ।

मेचीनगरमा संक्रमित भएका ६ जनामध्ये वडा नम्बर १४ स्थित पाटनसरवारीका ५४ वर्षीया महिलाको साउन १६ गते बीएण्डसी अस्पतालमा मृत्यु भएको थियो ।त्यसैगरी वडा नम्बर ८ को दुर्गा मन्दिर टोलका ६६ वर्षीया महिलाको साउन २६ गते बीएण्डसी अस्पतालमा मृत्यु भएको थियो ।

संक्रमित हुने ६ जनामा मेचीनगर–७ र ८ का २ जना निको भएर घर फर्किएका छन् भने वडा नम्बर ६ र ११ का २ जना अस्पतालमा उपचार गरिरहेका छन् ।

 

तपाईको प्रतिक्रिया