Online Bichar
मंगलबार, भाद्र ०९, २०८३ | Tuesday, August 25, 2026

काठमाडौं, ९ भदौ २०८३ । सप्तरीमा दुई वर्षीया बालिकाको हत्या आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्ने उनकै कान्छी आमा रहेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी तथा सूचना अधिकारी हेमराज घिमिरेका अनुसार भदौ ७ गते सप्तरीको शम्भुनाथ नगरपालिका-२ घर भई सोही नगरपालिका-३ बस्ने रुबिना खातुनकी दुई वर्षीया छोरीको हत्या भएको थियो ।

सोधपुछका क्रममा उनकै कान्छी आमाले आफूले हत्या गरेको स्वीकारेको डीएसपी घिमिरेले जानकारी दिएका छन् । प्रहरीले आरोपित अन्दाजी २५ वर्षीया मुस्कान भन्ने जास्मिन खातुनलाई पक्राउ गरी पाँच दिन म्याद थप भइ अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया