Online Bichar
मंगलबार, भाद्र ०९, २०८३ | Tuesday, August 25, 2026

झापा, ९ भदौ २०८३ । झापा दमकको एक होटलमा नाबालिकालाई यौनधन्दामा लगाएको आरोपमा दुईजना जना पक्राउ परेका छन् । दमक वडा नं ८ स्थित मनकामना होटल एण्ड लजमा १३ वर्षीया नाबालिकालाई ललाइफकाइ यौनधन्दामा लगाएको आरोपमा दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा होटल संचालक ५५ वर्षीय गणेशप्रसाद अधिकारी र बालिकालाई यौनधन्दाका लागि होटलमा लगिदिने मोरङ केराबारी-९ देवीझोडा घर भइ हाल दमकमा बस्दै आएकी जुनु भन्ने पार्वती ऋषिदेव रहेका छन् ।

१३ वर्षीया नाबालिका गत साउन ३१ गते घरबाट आफूखुसी हिडी परिवारको सम्पर्कबिहीन भएकी थिइन् । उनको खोजतलासका लागि पीडितका आफन्तले इलाका प्रहरी कार्यालय दमकमा हुलिया निवेदन दिएका थिए । बालिकालाई खोजतलास गर्ने क्रममा भदौ ४ गते उनलाई होटलमा फेला पारिएको थियो ।

घटना सम्बन्धमासोधपुछ गर्दा ती नाबालिकालाई पार्वती ऋषिदेवले ललाई फकाई दमक नगरपालिका वडा नं ८ बस्ने गणेशप्रसाद अधिकारीले सञ्चालन गरेको मनकामना होटल एण्ड लजमा लगी यौनधन्दामा लगाएको खुल्न आएको थियो ।

दुवैलाई पक्राउ गरी भदौ ७ गते झापा जिल्ला अदालतमा पेश गरिएको थियो । उनीहरुमाथि मानव बेचबिखन तथा ओसारपसार कसुरमा म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया