झापा, ८ भदौ २०८३ । साठी प्रतिशत मृत्युदर रहेको झापामा जापानी इन्सेफलाइटिस ९जेई० बाट दुई वर्ष आठ महिनामा ११ जनाको मृत्यु भएको छ ।
सन् २०२६ को आठ महिनामा ६ जनाको मृत्यु भइसकेको छ भने सन् २०२५ मा तीनजनाको मृत्यु भएको थियो । त्यस्तै सन् २०२४ मा दुई जनाले ज्यान गुमाएका थिए । त्यसको अघिल्लो वर्ष सन् २०२३ मा दुई जनामा संक्रमण देखिएपनि मृत्यु भएको थिएन । सन् २०२४ देखि हालसम्म दुई वर्ष आठ महिनाको अवधिमा जेईबाट २६ जना संक्रमित भएका छन् । सन् २०२६ को हालसम्म ११ जना , २०२५ मा ११ जना र २०२४ मा ४ जना संक्रमित भएका थिए ।
कोशी प्रदेशका अन्य जिल्लालाई हेर्दा झापापछि सुनसरी र त्यसपछि मोरङ प्रभावित भएको छ । झापामा निकै अगाडिदेखि नै जेईको संक्रमण देखिएको छ ।
२०६४ सालमा झापामा १५ वर्षमुनिका सबैलाई जेईको खोप लगाइएको थियो ।करिव डेढ महिनाभित्र ६ जनाको मृत्यु भएपछि झापामा यस वर्ष पनि जेईको खोप लगाइने भएको छ ।






