Online Bichar
सोमबार, भाद्र ०८, २०८३ | Monday, August 24, 2026

झापा, ८ भदौ २०८३ । लागूऔषधसहित झापामा पाँचजना पक्राउ परेका छन् । हिजो प्रहरी चौकी घेराबारीबाट खटिएको प्रहरी टोलीले कचनकवल गाउँपालिका–१ बनियाभिट्टाबाट कचनकवल गाउँपालिका–१ का २४ वर्षीय धिरेन केरुङ, २८ वर्षीय नानुङ लिम्बू, भद्रपुर नगरपालिका–४ का ३४ वर्षीय दिपेश माझी र २४ वर्षीया मिना राईलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १ ग्राम २० मिलिग्राम ब्राउन सुगर र मे.३ प २३४१ नम्बरको मोटरसाइकल बरामद भएको छ ।

त्यस्तै अस्थायी प्रहरी चौकी बुट्टाबारी र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले बिर्तामोड नगरपालिका–६ का ३४ वर्षीय पदम चौधरीलाई पक्राउ गरेको छ । उनको साथबाट २९० मिलिग्राम ब्राउन सुगर फेला परेको छ ।

त्यस्तै उदयपुरको कटारी नगरपालिका–४ मा ना.७ ख ८१७३ नम्वरको टिपरबाट १ सय ९९ किलो ३२ ग्राम गाँजा प्रहरीले बरामद गरेको छ । गएराति विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट गस्तीमा खटिएको प्रहरी टोलीले कटारी–४ मरुवा खोलामा बेतिनीबाट कटारीतर्फ आउँदै गरेको ना. ७ ख ८१७३ नम्वरको टिपरलाई रोकी चेकजाँच गर्दा टिपरको डालामा ९ वटा बोरामा प्याक गरी लुकाई छिपाई राखेको अबस्थामा १ सय ९९ किलो ३२ ग्राम गाँजा बरामद भएको थियो । गाँजा बरामद भएसंगै टिपर र चालक कटारी–४ का सोम मगरलाई समेत पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।

त्यसैगरी सुनसरीको अस्थायी प्रहरी चौकी शिवचोक कटानबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका–४ कोशी कटानस्थित पूर्व–पश्चिम राजमार्गबाट धनकुटाको साँगुरीगढी गाउँपालिका–८ का २८ वर्षीय चरन राईलाई ११ किलो १२० ग्राम गाँजासहित पक्राउ गरेको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया