Online Bichar
सोमबार, बैशाख २४, २०८१ | Monday, May 6, 2024

ओखलढुङ्गा, २८ फागुन । ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका ४ को कुण्डली माविका शिक्षक सुजन सुनुवारले बिस्कुट दिलाउने भन्दै प्रारम्भिक बाल विकास (इसिडी) कक्षाका दुई बालकलाई जुत्ता चाट्न लागएका छन् । अर्को बालकले आइरहेको बिस्कुट दिलाउने नाममा उनले चार वर्षका रिकेश नेपाली र आकाश दर्जीलाई सहपाठी जोन दर्जीको जुत्ता चाट्न लगाएका हुन् ।

आइातबार दिउँसोको यो घटना रिकेश र आकाशले घर गएर अभिभावकलाई भनेपछि बाहिरिएको हो । ‘जोनले खाइरहेको बिस्कुट खाने भए उसको जुत्ता चाट्नु भनेर सरले भन्नुभएछ,’ बिस्कुटको आसमा मेरो छोरोले चाटेछ,’ रिकेशकी आमा पम्फा नेपालीले टेलिफोनमा भनिन्, छोराले घरमा आएर भनेपछि थाहा पाइयो ।’ याे समाचार पूर्ण प्रसाद न्याैपानेले नयाँ पत्रिकामा लेखेका छन् ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया