Online Bichar
बुधबार, भाद्र ०३, २०८३ | Wednesday, August 19, 2026

काठमाडौं, ३ भदौ २०८३ । नेकपा ९एमाले० संसदीय दलका नेता रामबहादुर थापा बादलले सरकारको विदेश नीति र राष्ट्रिय सुरक्षा नीतिमा खतरनाक विचलन देखा परेको टिप्पणी गरेका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा उनले यस्तो टिप्पणी गरेका हुन् । “अहिले सरकारको विदेश नीति र राष्ट्रिय सुरक्षा नीतिमा खतरनाक विचलन देखापरेको छ,” उनले भने ।

सरकारले हालै टीओबी तथा पश्चिमी कूटनीतिज्ञहरूलाई दलाई लामाको जन्मोत्सव मनाउने नाममा चलखेल गर्न अनुमति दिएको दाबी उनले गरे । बादलले नेपालको भूमि दोस्रो खम्पा विद्रोहको लागि कदापि प्रयोग हुन नहुने उल्लेख गरे ।

तपाईको प्रतिक्रिया