Online Bichar
सोमबार, भाद्र ०१, २०८३ | Monday, August 17, 2026

काठमाडौं, १ भदौ २०८३ । प्रतिनिधिसभाबाट खानी तथा खनिज पदार्थ विधेयक बहुमतले स्वीकृत भएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निणयार्थ प्रस्तुत गरेका थिए ।

गएको साउन २६ गते गणपुरक संख्या नपुगेपछि उक्त प्रस्ताव निणयार्थ प्रस्तुत हुन रोकिएको थियो । प्रस्ताव पारित गर्न ६९ सदस्य हुनुपर्नेमा तीन मिनेट घण्टी बजाएर संख्या एकीन गर्दा ६१ सांसदमात्रै सदनमा थिए ।

त्यसपछि सभामुखले उक्त विधेयक अर्को बैठकमा प्रस्तुत गर्ने भनेका थिए ।

तपाईको प्रतिक्रिया