काठमाडौं, १ भदौ २०८३ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०बाट कोसी प्रदेश सरकारमा सामेल हुने मन्त्रीको नाम टुंगो लागेको छ । सोमबार विराटनगरमा बसेको नेकपा प्रदेश कमिटी र संसदीय दलको संयुक्त बैठकले मन्त्रिमण्डलमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको हो ।
संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दिएको जानकारीअनुसार नेकपाले खिनु लङ्वा लिम्बूको नेतृत्वमा सरकारमा सामेल हुनेछ ।
यसैगरी बैठकले गोम्बु शेर्पा, जीवन आचार्य र गीता तिम्सिनालाई मन्त्री बनाउने भएको छ । एक राज्यमन्त्रीमा सपना दर्जी जाने बताइएको छ ।
नेकपा–एमालेको संयुक्त सरकारको सहमतिअनुसार नेकपाले पर्यटन, वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार र सामाजिक विकास मन्त्रालय पाउने छ ।






