Online Bichar
आइतबार, साउन ३१, २०८३ | Sunday, August 16, 2026

काठमाडौं, ३१ साउन २०८३ । कांग्रेसको शेरबहादुर देउवा समूहको भेलामा धर्मसम्बन्धि प्रस्ताव पारित गर्ने विषयमा मञ्चमै नेता विमलेन्द्र निधि र प्रकाशशरण महतबीच कागज खोसाखोस भएको छ ।

नेता दीपक कुइँकेलले भेलाले पारित गर्ने प्रस्ताव रोस्ट्रमबाट पेश गरिरहँदा नेता निधि उठेर रोस्ट्रमतर्फै गएका थिए । त्यसबेला उनीहरूबीच कागज खोसाखोस भएको थियो । प्रकाशशरणले निधिलाई रोकेर मञ्चमै फर्काएका थिए ।

उनीहरूबीचको विवाद धर्मसम्बन्धी प्रस्ताव पारित गर्ने विषयमा भएको थियो । प्रस्ताव प्रकाशशरण महत लगायतले तयार गरेका थिए । उक्त बुँदाको भाषामा निधिको आपत्ति रह्यो ।

एक नेताका अनुसार भेलाले महत लगायतका नेताहरूले नै तयार गरेको प्रस्ताव पारित गर्‍यो । जुन प्रस्तावमा सनानत धर्मलाई राष्ट्रिय पहिचान बनाउने कुरा उल्लेख छ । निधि चाहिँ धार्मिक स्वतन्त्रता भन्ने मात्र शब्द प्रयोग गर्ने पक्षमा रहेका थिए ।

यसअघि कांग्रेसले नेपाल धार्मिक स्वतन्त्रता भनेर सिधा बोल्दै आएकोले यसभन्दा अन्यथा जान नहुने खालको उनको धारणा थियो ।

तर भेलाले सनातन धर्मबारे थप व्याख्यासहित बोल्यो । भेलाबाट पारित प्रस्तावमा छ(‘नेपालको सनातनदेखि चली आएको धर्म संस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो ।

नेपालम रहि आएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र हरेक व्यक्ति र धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चितदेखि चलिआएको हिन्दू, बौद्ध, किरात र प्राकृत धर्मको संरक्षण गर्ने दायीत्वलाई दृष्टिगत गरि सनातन धर्मलाई राष्ट्रिको पहिचान रुपमा राष्ट्रलाई अघि बढाउने प्रतिवद्धता गर्नेछ’ देउवा समूहले पारित गरेको प्रस्तावमा छ ।

भेलामा शेरबहादुर देउवाले आफू हिन्दू भएको र तर सबै धर्म मान्ने स्वतन्त्रतालाई सम्मान गर्ने बताए ।

तपाईको प्रतिक्रिया