काठमाडौं, २९ साउन २०८३ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा सभामुख डीपी अर्याल र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीबीच भेटवार्ता हुने भएको छ ।
दिउँसो ३ बजे आईजीपी कार्की र सभामुख अर्यालबीच हुने भेटमा समिति बैठकमा उठेका प्रश्न र मर्यादाका विषयमा छलफल हुनेछ ।
सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा समिति सदस्यहरूले आमन्त्रित व्यक्तिहरूमाथि प्रयोग गरेको भाषालाई लिएर आलोचना भइरहेका बेला आईजीपी कार्की र सभामुख आर्यालबीच सोही विषयमा छलफल हुन लागेको हो ।






