Online Bichar
शनिबार, साउन ३०, २०८३ | Saturday, August 15, 2026

काठमाडौं, २८ साउन २०८३ । नेपाल राष्ट्र बैंकले प्राकृतिक विपद् पीडितलाई निजी आवास निर्माणका लागि सहुलियतपूर्ण कर्जा दिन बैंक तथा वित्तिय संस्थाहरूलाई निर्देशन दिएको छ ।

गत असार १८ गते मन्त्रीस्तरीय निर्णयानुसार सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदानसम्बन्धी कार्यविधिको पहिलो संशोधन स्वीकृत भएको थियो ।

यसर्थ ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि, २०८२’ मा पहिलो संशोधन बमोजिम कार्यान्वयन गर्न केन्द्रीय बैंकले बिहीबार निर्देशन दिएको हो।

उक्त संशोधित व्यवस्थाअनुसार प्राकृतिक विपद् पीडितको निजी आवास निर्माण कर्जा प्रदान गर्दा बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट निजी आवास निर्माण गर्न अनुदान नपाएको सम्बन्धमा ऋणीको स्वघोषणा लिनुपर्नेछ ।

यससँगै, कार्यविधिमा जुनसुकै कुरा लेखिएको भए तापनि ऋणीले परिस्थितिजन्य कारणले कुनै त्रैमासिकमा नियमानुसार भुक्तानी गर्नुपर्ने कर्जा रकम भुक्तानी नगरेको अवस्थामा त्यस्तो कर्जा रकम अर्को त्रैमासिकमा बक्यौता चुक्ता गरी नियमित गरेमा बैङ्क तथा वित्तीय संस्थाले परिस्थितिजन्य कारण र कर्जाको सदुपयोग भएको यकिन गरी सम्पूर्ण अवधिको व्याज अनुदान माग गर्न सक्नेछन् ।

“सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ बमोजिम प्रवाह भएका कर्जाहरूको हकमा सोही कार्यविधि बमोजिम कर्जा, व्याज अनुदान, कर्जा सुरक्षण तथा बिमाका सेवा तथा सर्त बमोजिम अनुदान प्रदान गरिने छ,” जारी कार्यविधिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया