Online Bichar
शनिबार, साउन ३०, २०८३ | Saturday, August 15, 2026

झापा, २८ साउन २०८३ । झापाको बुद्धशान्तिमा सर्पले डसेर एक युवतीको मृत्यु भएको छ । शनिवार राति ८ः२० बजे बुद्धशान्ति गाउँपालिका –३ गोसलाइन बस्ने मिना राईकी छोरी बर्ष २० की अनुसा राईलाई आफ्नै घरको कोठाभित्र जाने क्रममा दाहिने खुट्टामा बिषालु सर्पले टोकेको थियो ।उनलाई उपचारको लागि सर्पदंश उपचार केन्द्र चारआली लगिएको थियो ।

त्यहाँ सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगि उपचार भइरहेकोमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया