Online Bichar
बिहिबार, साउन २८, २०८३ | Thursday, August 13, 2026

झापा, २७ साउन २०८३ । तीन महिनाअघि अनलाइन सट्टाबाजीको आरोपमा बिर्तामोडबाट पक्राउ परेका एक जना जेल चलान भएका छन् भने अर्का धरौटीमा रिहा भएका छन् ।

पक्राउ परेका मेचीनगर नगरपालिका–१० का २७ वर्षीय विपिन गिरी २० लाख धरौटीमा रिहा भएका हुन् । बिर्तामोड नगरपालिका–६ का ३६ वर्षीय भुवन मेचे भने पुर्पक्षका लागि जेल चलान भएका छन् ।

ती दुई जनामाथि सम्पत्ति शुद्धीकरणको मुद्दासमेत दर्ता भएको थियो । गिरीलाई बिर्तामोड–५ स्थित गो ६९ क्याफे र मेचेलाई बिर्तामोड–४ स्थित रेड हट चिल्लीबाट नियन्त्रणमा लिइएको थियो ।

तपाईको प्रतिक्रिया