Online Bichar
बुधबार, साउन २७, २०८३ | Wednesday, August 12, 2026

विराटनगर, २७ साउन २०८३ । कोशी प्रदेशको सत्ता समीकरण फेरिएपछि नेपाली कांग्रेस सरकारबाट बाहिरिने भएको छ ।

नेकपा एमाले र नेकपाबीच सत्ता समीकरण बनेपछि कोशीमा कांग्रेसका मन्त्रीहरूले बुधबार राजीनामा दिने भएका हुन् ।

कांग्रेसका कोशी प्रदेशसभा संसदीय प्रमुख सचेतक गोपाल तामाङका अनुसार आज कांग्रेस सरकारबाट बाहिरिने छ ।

कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसबाट एक राज्यमन्त्रीसहित ५ जना मन्त्रीहरू छन् ।भौतिक पूर्वाधार विकासमन्त्री प्रदीप सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङले राजीनामा दिनेछन् ।

तपाईको प्रतिक्रिया