२६ साउन २०८३ । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्न अनुरोध गरेको छ। नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशनमा भएको व्यवस्थाको अधिनमारही सम्बन्धित बैंक खातावालाले राष्ट्रिय परिचयपत्रको विवरण भएरनभएको स्वघोषणा गरी अद्यावधिक समेत गर्नुपर्ने भएकाले खातावाला ग्राहकहरुलाई राष्ट्रिय परिचयपत्र भएरनभएको विवरण यही २०८३ असोज मसान्तसम्ममा स्वघोषणा गरी अद्यावधिक गर्न अनुरोध गरेको हो।
बैंकका ग्राहकहरुले राष्ट्रिय परिचयपत्र भएरनभएको विवरण अद्यावधिक गर्न यस बैंकको मोबाइल बैंकिङ्ग एप (MoBank) वा बैंकको वेबसाइटमा उपलब्ध आईसर्भ (iServe) बाट सजिलैसँग आफ्नो राष्ट्रिय परिचयपत्रको विवरण भए/नभएको स्वघोषणा वा अद्यावधिक गर्न सक्नेछन्।
मोबैंकको लागि MoBank लग ईन गरी Banking Services अन्तर्गत Update NID मार्फत र यस बैंकको वेबसाइटमा https://iserve.nicasiabank.com/customer-services/nid-update बाट सजिलै राष्ट्रिय परिचयपत्रको विवरण भए/नभएको स्वघोषणा वा अद्यावधिक गर्न सक्नेछन्।
बैंकले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशमै बसी अनलाइनमार्फत राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजातको आधारमा खाता खोल्न सक्ने र यसरी खोलिने खाताका सम्बन्धित खातावालाहरु नेपाल फर्किएको ३५ दिनभित्र राष्ट्रिय परिचयपत्र विवरण अद्यावधिक गर्न हुने समेत अनुरोध गरेको छ।
साथै, ग्राहकरुले आफूलाई पायक पर्ने यस बैंकको कुनै पनि शाखा कार्यालयमा गई आफ्नो राष्ट्रिय परिचयपत्रको विवरण स्वघोषणा वा अद्यावधिक गर्न सक्नेछन्।






