काठमाडौं, २४ साउन २०८३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई भेट्न बालुवाटार पुगेका छन् । आइतबार साँझ रवि बालुवाटार गएका हुन् ।
प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच ४५ मिनेट भेटघाट भएको रविनिकट स्रोतले पुष्टि गरेको छ ।
उनीहरूबीच समसामयिक विषयमा छलफल भएको थियो । साथै, सरकारका आगामी कदमहरू, रविको चीन भम्रण लगायतका विषयमा छलफल भएको थियो ।
‘उहाँहरूबीच समसामयिक विषयवस्तु, सरकारका आगामी कदमहरू र अध्यक्षज्यूको चीन भम्रण लगायतका विषयमा छलफल भयो,’ रविनिकट स्रोतले भन्यो ।






