काठमाडौं, २२ साउन २०८३ । प्रहरीले ‘एन्टी साइबर स्क्याम’ सेन्टर स्थापना गर्ने भएको छ । पछिल्लो समय सामाजिक सञ्जाल प्रयोग मार्फत बैंक तथा वित्तीय संस्था र व्यक्तिको बैंकको रकको रकमसमेत सुरक्षित नहुने अवस्था देखिएको भन्दै प्रहरीले ‘एन्टी साइबर स्क्याम’ सेन्टर स्थापना गर्ने योजना बनाएको हो ।
प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले प्रहरीको साइबार ब्युरोको मातहत रहनेगरी ‘एन्टी साइबर स्क्याम’ सेन्टर स्थापना गर्न लागिएको जानकारी दिए ।
त्यसका लागि ब्युरोकै प्रहरी अधिकारीको नेतृत्वमा नेपाल राष्ट्र बैंक, बैकिङ संघ, नेपाल दूरसञ्चार प्राधिकरण तथा नेपाल इन्टरनेट सेवाप्रदायिक संघका व्यक्तिसमेत फोकल प्रश्नका रूपमा राखिने डीआईजी काफ्लेले बताए ।






