Online Bichar
आइतबार, साउन २४, २०८३ | Sunday, August 9, 2026

काठमाडौं, २२ साउन २०८३ । प्रहरीले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको परिवारमाथिको अनुसन्धान जारी नै रहेको बताएको छ ।

सम्पत्ति शुद्धीकरण कसुर भोगिरहेका देउवा परिवारमाथिको अनुसन्धान जारी नै रहेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले जानकारी दिए ।

शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार भेटघाटका क्रममा देउवा परिवारमाथि अनुसन्धान कै क्रममा रहेको बताएका छन् ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अदालतबाट देउवा र उनकी पत्नी पूर्वपरराष्ट्रमन्त्री आरजु राणाविरुद्ध पक्राउ पुर्जी समेत लिएको थियो ।

तर, उक्त पक्राउ पुर्जीबारे देउवा परिवार सर्वोच्च अदालत गएका थिए ।

सर्वोच्च अदालतले भने देउवा परिवारको पक्राउ पुर्जी तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । देउवा परिवार नै अहिले देशबाहिर छ ।

सम्पत्ति शुद्धीकरण विभागको पक्राउ पुर्जीपछि प्रहरीले देउवा दम्पतीविरुद्ध प्रहरीको अन्तराष्ट्रिय संगठन इन्टरपोल मार्फतसमेत रेड नोटिस जारी गर्ने प्रक्रिया अघि बढाएको थियो ।

तर, इन्टरपोलले समेत प्रहरीको कागजी प्रक्रिया नमिलेको भन्दै रेड नोटिस जारी गर्न अस्वीकार गरेको थियो ।

हाल हङकङमा रहेको भनिएका देउवा साउन २६ गते आउने तयारी गरेका छन् ।

शेरबहादुर देउवामात्रै आउने कि आरजु राणा पनि भन्ने एकिन भइसकेको छैन ।

तर देउवा भने आउने पक्का भएको कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेसको असन्तुष्ट पक्षले काठमाडौंमा आयोजना गर्ने भेलालाई देउवाले नै सम्बोधन गर्ने कार्यतालिका समेत रहेको छ ।

शुक्रबार कांग्रेसको असन्तुष्ट समूहको आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक डा। शशांक कोइरालाले पूर्वसभापति देउवाले सम्बोधन गर्ने बताएका हुन् ।

तपाईको प्रतिक्रिया